Rule 163
मिनाहा दिन सक्ने
दैवी प्रकोप वा काबु बाहिरको परिस्थितिले गर्दा सुख्खा जर्ता भई वा खिइएर सामुदायिक विद्यालयको सम्पत्ति हानी नोक्सानी हुन गएको प्रमाणित हुन आएमा प्रधानाध्यापकको सिफारिसमा पाँच हजार रुपैयाँसम्मको भए व्यवस्थापन समितिले, दश हजार रुपैयाँसम्मको भए व्यवस्थापन समितिको सिफारिसमा जिल्ला शिक्षा अधिकारीले, बीस हजार रुपैयाँसम्मको भए निर्देशकले र पच्चीस हजार रुपैयाँसम्मको भए मन्त्रालयको सचिवले मिनाहा दिन सक्नेछ । सोभन्दा बढी रकम मिनाहा दिनु परेमा अर्थ मन्त्रालयको सहमति लिई मन्त्रालयले मिनाहा दिन सक्नेछ ।